काठमाडौं । सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा तानिएका छन् । एमाले नेता समेत रहेका उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेपछि उनी शुक्रबार पक्राउ परेका हुन् ।
काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
सरकारले बागमती किनारामा बसोबास गर्ने सुकुमबासीलाई शुक्रबार बेलुकीसम्म ठाउँ खाली गर्न अनुरोध गरेपछि अहिले सुकुम्वासीहरूले ठाउँ खाली गरिरहेका छन् । कतिपय सुकुम्वासी भने विरोधमा उत्रिएका छन् ।
यसअघिका विरोधमा परियार अग्रमार्चामा देखिन्थे । सुकुम्वासीले विरोध गरिरहेको बेला उनी पक्राउ परेका हुन्।