काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार (आज) बस्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आज अपरान्ह ३ बजेका लागि बैठक आह्वान गरिएको छ ।
आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले बुझाएका लिखित धारणाहरूका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूमाथि प्रारम्भिक छलफल हुने जनाइएको छ ।
साथै कार्यदलले आफ्नो आगामी कामकारबाही र प्रस्तावित कार्ययोजनाको विषयमा पनि ठोस निर्णय लिने कार्यसूची रहेको छ ।
संविधानलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक सुझावहरू संकलन गरी बहसपत्र तयार पार्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ ।