गृहमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्री कार्यालयमा नारावाजी, ४ जना पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् ।

उनीहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । 
उनीहरुले प्रधानमन्त्री कार्यालय अगाडि राजीनामा माग गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।


 

Share News