प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सहसचिव दाहाल लामो बिदामा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सहसचिव शिवादेवी दाहाल लामो बिदामा बस्ने भएकी छन् ।

नतिजा व्यवस्थापन महाशाखाकी प्रमुखसमेत रहेकी दाहालले सोमबारदेखि लागू हुनेगरी तीन महिनाको बिदा लिएको जानकारी दिएकी हुन् ।

पछिल्लो पाँच वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत दाहालले स्वास्थ्य समस्याका कारण बिदा लिनुपरेको उल्लेख गरेकी छन् । 

अनिवार्य अवकाशमा जान अझै करिब तीन वर्ष बाँकी रहे पनि बिदापछि सेवामा सक्रिय रूपमा फर्किने इच्छा नरहेको पनि संकेत उनले गरेकी छन् ।

Share News