१० लाख रुपैयाँमा ४ वटा ट्रक बिक्री गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ट्रक लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीले प्रयोगमा आउन नसक्ने ४ वटा ट्रक बोलपत्रमार्फत लिलाम बिक्री गर्ने भएको हो । 

कार्यालयका अनुसार हाल प्रयोगयोग्य नरहेका ती चार ट्रकलाई जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिनेछ । खरिद गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीले चारवटै ट्रकको एकमुष्ट न्यूनतम मूल्य मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १० लाख १ हजार रुपैयाँ तोकेको छ ।

Share News