काठमाडौं । ललितपुरमा बिरामीलाई उपचार गर्ने बहानामा बोक्सीको आरोप लगाउने मीन लामा (पास्टर) पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका-१२ स्थित चर्चमा पास्टरले बिरामीको उपचार गराउने बहानामा प्राथाना गर्दै मन्त्र पढी बिरामी बनाउने को हो भन्दै प्रश्न गरेर व्यक्तिको नाम भन्न लगाएका थिए ।
बोक्सीको आरोप लगाउने तथा सामाजिक कुरीति (गैह्र कानुनी) कार्य गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पास्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।