४ करोड बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । चार करोड बढी ठगी गरेर फरार रहेका दुई जना पक्राउ परेका छन् । बुधबार ४ करोड ५० लाख ठगी गरेर फरार रहेका ६२ वर्षीय शान्तीरमण पंगेनी र ५८ वर्षीय टिका पंगेनी पक्राउ काठमाडौंबाट परेका हुन् ।

कमल प्रसाद ज्ञवालीको जाहेरीले शान्तीरमण पंगेनी समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट चैत ५ गते पक्राउ पुर्जी जारी भएको थियो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएका टोलीले काठमाडौंको टोखाबाट शान्तीरमण पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पोखरा, कास्की पठाइएको छ ।  

Share News