काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा बहुप्रतिक्षित पोको एक्स–८ सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पोको एक्स–८ प्रो ५जी र पोको एक्स–८ प्रो म्याक्स ५जी सार्वजनिक गरेको हो ।
पोको एक्स–८ प्रो ५जीमा फ्ल्यागसिप डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर जडान गरिएको छ, जसले उत्कृष्ट प्रदर्शनसँगै कम ब्याट्री खपत गर्ने कम्पनीले जनाएको छ । यसमा ६५००mAh क्षमताको ब्याट्री, १००W हाइपरचार्ज तथा २७W रिभर्स चार्जिङ सुविधा रहेको छ ।
फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा तथा २० मेगापिक्सेल फ्रन्ट क्यामेरा जडान गरिएको छ । साथै ६.५९ इन्चको १.५के रिजोलुसनसहित १२०Hz अल्ट्रा–ब्राइट एमोलेड डिस्प्ले उपलब्ध छ । IP६८ रेटिङ भएकाले यो फोन पानी र धुलो प्रतिरोधी रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, पोको एक्स–८ प्रो म्याक्स ५जीमा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ । यसमा ८५००mAh क्षमताको ब्याट्री, १००W हाइपरचार्ज तथा २७W रिभर्स चार्जिङ सुविधा रहेको छ । कम्पनीका अनुसार यसको ब्याट्री दुई दिनसम्म टिक्न सक्छ ।
यो स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२०Hz अल्ट्रा–ब्राइट एमोलेड डिस्प्ले, ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा तथा २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । IP६८ डस्ट तथा वाटर रेसिस्टेन्स सुविधा भएकाले फोन थप सुरक्षित र टिकाउ हुने कम्पनीको दाबी छ ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले पोको एक्स–८ सिरिज केवल गेमिङका लागि मात्र नभई हरेक क्षेत्रमा उत्कृष्टता खोज्ने प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको बताए ।
मूल्यतर्फ पोको एक्स–८ प्रो ५जीको ८ जीबी र्याम/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६३ हजार ९९९ रुपैयाँ र १२ जीबी/५१२ जीबी भेरियन्टको मूल्य ७३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, पोको एक्स–८ प्रो म्याक्स ५जीको १२ जीबी/२५६ जीबी भेरियन्टको मूल्य ७९ हजार ९९९ रुपैयाँ तथा १२ जीबी/५१२ जीबी भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले ग्राहकका लागि ९ महिनासम्मको ईएमआई तथा १ वर्षको ब्रान्ड वारेन्टी सुविधा उपलब्ध गराएको जनाएको छ । दुवै स्मार्टफोन टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट तथा दराजमार्फत खरिद गर्न सकिनेछ ।