सामसंग नेपालले गर्‍यो माइक्रोवेभ मास्टरक्लास आयोजना

काठमाडौं । सामसंग नेपालले स्मार्ट तथा रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो । सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।

उक्त मास्टरक्लास शनिबार द्वारका प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रममा आधुनिक माइक्रोवेभ प्रविधिबाट घरमै खाना पकाउँदा स्वाद र पोषण कसरी कायम राख्न सकिन्छ तथा पकाउने प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे प्रदर्शन गरिएको थियो ।

सहभागीहरूले सामसंगका विभिन्न माइक्रोवेभ मोडल प्रयोग गर्दै व्यवहारिक कुकिङ सीप तथा सिर्जनात्मक परिकार बनाउन सिकेका थिए । शेफ उलकले माइक्रोवेभमार्फत खाना तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्मका विभिन्न विधि प्रस्तुत गरेका थिए ।

कार्यक्रमले सामसंगको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारका लागि छिटो, स्मार्ट र सहज कुकिङ अनुभव प्रदान गर्ने सन्देश दिएको कम्पनीले जनाएको छ ।

खाना पकाउन रुचि राख्ने, गृहिणी तथा प्रविधिप्रेमी उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सामसंग स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो । सहभागीहरूलाई स्मार्ट कनेक्टिभिटीमार्फत वाशिङ मेसिन, रेफ्रिजरेटरलगायत घरेलु उपकरणसँग एप लिंक गरी दैनिक कामलाई थप सहज बनाउने तरिकाबारे जानकारी गराइएको थियो ।

सामसंग नेपालले यो पहललाई घरमै खाना पकाउन रुचि राख्ने ग्राहकलाई नवीन किचन समाधानमार्फत सशक्त बनाउने अभियानको हिस्सा भएको जनाएको छ । कम्पनीले आधुनिक जीवनशैली अनुरूपका बहुउपयोगी माइक्रोवेभ मोडलहरू देशभरका आधिकारिक सामसंग स्टोरमा उपलब्ध रहेको जानकारी दिएको छ ।

Share News