एनआईसी एशिया बैंकले एकैसाथ थप्यो ५ नयाँ शाखा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको एकैसाथ पाँच वटा नयाँ शाखा थपेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टिकापुर तथा धनकुटाको हिलेमा एकै साथ शाखा संचालनमा ल्याएको हो । बैंकले शुक्रबार एक समारोहका बीच विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन गरेको छ । ती शाखाहरु मध्ये बर्दघाट र तानसेन [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको एकैसाथ पाँच वटा नयाँ शाखा थपेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टिकापुर तथा धनकुटाको हिलेमा एकै साथ शाखा संचालनमा ल्याएको हो ।

बैंकले शुक्रबार एक समारोहका बीच विभिन्न ५ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ उद्घाटन गरेको छ । ती शाखाहरु मध्ये बर्दघाट र तानसेन शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल एवं श्री बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

साथै, लम्की र टिकापुर शाखाको उद्घाटन हिम रावल तथा उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले संयुक्त रुपमा गरेका हुन् भने हिले शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका हुन् ।

साथै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News