नयाँ वर्षमा आईएमईका ग्राहकलाई हर्ष नै हर्ष, आइएमईबाट पैसा पठाउँदा ल्यापटप उपहार

<p>काठमाडौं । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई-आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीहरुका लागि उपहारको व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार ( ५,०००) बराबरको शपिङ्ग कुपन प्राप्त गरे भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई-आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीहरुका लागि उपहारको व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार ( ५,०००) बराबरको शपिङ्ग कुपन प्राप्त गरे भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

जापानबाट क्योदाई–आईएमई मार्फत पैसा पठाउने सवै सेवाग्राहीहरु सहभागी हुनसक्ने यो प्रवद्र्धनात्मक योजना यहीं अप्रिल १ देखि ३० सम्म कायम हुनेछ । योजना अवधिभरमा जापानबाट क्योदाई मार्फत आईएमई गर्ने सेवाग्राहीहरु मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा दैनिक र साप्ताहिक विजेता घोषित गरिनेछ । दैनिक विजेताको हकमा उपहार प्रत्येक दिन साझ र साप्ताहिक विजेताका लागि सप्ताहन्तमा घोषणा गरिनेछ । यसको जानकारी विभिन्न संचारका माध्यम वा अफिसका आधिकारिक सामाजिक संजाल पेज मार्फत गराइनेछ ।

यस योजनाको विस्तृत जानकारीका लागि क्योदाई–आईएमई को आधिकारिक वेब साइट, सामाजिक संजाल पेज र काठमाडौं पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयको शोधपुछ शाखामा सम्पर्क गर्न सक्नेछन् । यी दुवै कम्पनीसँग आवद्ध कर्मचारीहरु, एजेण्ट, सव–एजेण्ट, परिवारका सदस्यहरु वा निजका नातेदार यो प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट सेवा दिँदै आईरहेको छ ।

Share News