काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आगामी सेप्टेम्बर १६ मा भारतको राजधानी दिल्ली भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको यो पहिलो अवसर हो, जब उनी प्रधानमन्त्री बनेको एक वर्षपछि औपचारिकरूपमा भारतले निमन्त्रणा दिएको हो ।
यसअघि ओली र मोदीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भए पनि दुवै नेताले एकअर्काको मुलुक भ्रमण गरेका थिएनन् । ओलीको भ्रमणपछि भारतीय प्रधानमन्त्री मोदीले पनि अक्टोबर वा नोभेम्बर पहिलो साता नेपाल आउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।