काठमाडौं । सुजुकी मोटरले चीनको दुर्लभ खनिज निर्यात प्रतिबन्धका कारण आफ्नो स्विफ्ट कारको उत्पादन रोकिएको दुईजना विषयविज्ञ स्रोतहरूले बताएका छन् । यससँगै सुजुकी यस्तो रोकको असर पर्ने पहिलो जापानी गाडी निर्माता बनेको छ ।
जापानी गाडी निर्माता कम्पनीले स्विफ्ट सब-कम्प्याक्ट (स्विफ्ट स्पोर्ट मोडेल बाहेक) को उत्पादन मे २६ देखि जुन ६ सम्मका लागि रोक्ने योजना भएको घोषणा पहिले नै गरिसकेको थियो । त्यसको कारण उसले पुर्जाहरूको अभावलाई जनाएको थियो ।
तर कम्पनीले त्यसबाहेक थप विवरण दिएको थिएन । एक प्रवक्ताले यो रोकको कारणबारे कुनै टिप्पणी गर्न मानेनन् । यो समाचार पहिलोपटक निक्केई आर्थिक दैनिकले सार्वजनिक गरेको हो ।
चीनले अप्रिलमा दुर्लभ खनिज र सम्बन्धित चुम्बकहरूको व्यापक निर्यात रोक्ने निर्णय गरेपछि विश्वभरका गाडी निर्माता, हवाईजहाज उद्योग, अर्धचालक कम्पनीहरू र सैन्य आपूर्तिकर्ताहरूको आपूर्ति श्रृंखला गम्भीर रूपमा प्रभावित भएको छ ।
केही युरोपेली अटो पाट्र्स कारखानाहरूले पनि उत्पादन स्थगित गरिसकेका छन् । मर्सिडिज(बेन्जले पनि दुर्लभ खनिजको अभावबाट जोगिन उपायहरूबारे विचार गरिरहेको छ ।
विश्वभरका कार उद्योगहरू चीनबाट आउने दुर्लभ चुम्बकीय तथा अन्य खनिजको अभावलाई लिएर चिन्तित छन् । यी खनिज पदार्थ विन्डशील्ड वाइपर मोटरदेखि लिएर एन्टीलक ब्रेकिङ सेन्सरसम्म धेरै भागहरूमा प्रयोग हुन्छन् ।
मे ९ मा ट्रम्प प्रशासनका अधिकारीहरूलाई जनरल मोटर्स (जीएम), टोयोटा, फक्सवागन, हुन्डाई लगायतका ठूला कार कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यावसायिक संगठनका प्रमुखले दुर्लभ खनिज प्रतिबन्धको विषयलाई लिएर पत्र पठाइसकेका छन् ।
अमेरिकाका वित्त मन्त्रालयका अनुसार चीनले विभिन्न प्रकारका सामग्रीहरू रोकिरहेको छ, जसमा दुर्लभ खनिज पनि समावेश छ ।
अमेरिकी अधिकारीहरूले सम्झौता भएपछि चीनले दुर्लभ खनिज निर्यातमा लगाइएको प्रतिबन्ध घटाउने आशा गरेका थिए । यी खनिजहरू आईफोन, इलेक्ट्रिक गाडीहरूदेखि एफ(३५ लडाकु विमानहरू र क्षेप्यास्त्र प्रणालीहरूमा प्रयोग हुँदै आइरहेका छन् ।
उता चीनले अमेरिकाले आफ्ना कम्पनीहरूका लागि प्रविधिको बिक्री सीमित गरिरहेको आरोप लगाएको छ ।
किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा
टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता