मदिरा र सुर्तिजन्य पदार्थमा कर बढ्यो, स्वास्थ्य जोखिम करको दायरा विस्तार

काठमाडौं । सरकारले मदिरा तथा सुर्तिजन्य पदार्थमा कर बढाएको छ ।

मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक कर बढाउने घोषणा गरेका हुन् । 

‘मदिरा वियर, सुर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल वृद्धि गरेको छु । भन्सार महसुलका केही दरमा समायोजन गरेको छु । विद्यमान अन्तशुल्क दरमा सामान्य वृद्धि गरेको छु । स्वास्थ्य जोखिम करको दायरामा विस्तार गरेको छु,’ बजेटमा उल्लेख छ । 
 

Share News