प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गर्ने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने बताएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । उनले निर्णय प्रक्रियामा सरलीकरण तथा प्रविधिमैत्री बनाउने बताए । 

यस्तै, उनले हलो सरकारमार्फत् प्राप्त गुनासो सम्बोधनका ालगि र्यापिड रेस्पोन्स टिम निर्माण गरिने घोषणा गरे । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद तथा मातहतका कार्यालयको कामलाई सुधार गर्ने बताए । 

Share News