सोमबार सार्वजनिक बिदा

<p>काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दैसोमबार विदा दिइने निर्णय भएको जनाए । इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक [&hellip;]</p>

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गर्दैसोमबार विदा दिइने निर्णय भएको जनाए ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

Share News