काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता प्रशस्त भएपछि राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ । आइतबार २१ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् । न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ भने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी ७ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ ।