सर्वोच्चको आदेश : पाथीभरामा केबलकार निर्माणको काम रोक्नू

<p>काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार परियोजनालाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकार तथा निर्माण कम्पनीलाई कुनै पनि नयाँ काम अघि नबढाउन आदेश दिएको हो । न्यायाधीश शारंगा सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षको छलफलपछि अन्तिम निर्णय लिने [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार परियोजनालाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सरकार तथा निर्माण कम्पनीलाई कुनै पनि नयाँ काम अघि नबढाउन आदेश दिएको हो ।

न्यायाधीश शारंगा सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षको छलफलपछि अन्तिम निर्णय लिने बताएको छ । अदालतले परियोजनासम्बन्धी निर्णय बदर गर्नुपर्ने मागबारे समेत छलफल गर्ने जनाएको छ ।

निवेदकले पाथीभराको सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्वलाई ख्याल गर्दै केवलकार निर्माण रोक्नुपर्ने दाबी गरेका छन् । अदालतको अन्तिम आदेश नआएसम्म कुनै नयाँ निर्माण कार्य गर्न नपाइने निर्णयले परियोजनाको भविष्य अन्योलमा परेको छ ।

Share News