प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद, के भयो कुरा ?

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा प्रचण्डसँग टेलिफोन संवाद गरेको जानकारी गराएका हुन् । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा प्रचण्डसँग टेलिफोन संवाद गरेको जानकारी गराएका हुन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको स्पष्ट जवाफ माग्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसद्‍मा सम्बोधन गर्ने सूचना संसद् सचिवालयमा पठाइसकेका छन् । सत्तापक्षले यो सम्बोधनसँगै सदनको अवरोध अन्त्य हुनुपर्ने आग्रह गरेको छ ।

Share News