राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ : अध्यक्ष प्रचण्ड

<p>काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनमा तानातानको अवस्था बनेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनमा तानातान चलिरहेको बताए । देशको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेलामा योग्य मान्छे ल्याउनुपर्ने बेलामा गठबन्धनभित्र तानातान चलिरहेको उनको [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनमा तानातानको अवस्था बनेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सत्ता गठबन्धनमा तानातान चलिरहेको बताए ।

देशको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेलामा योग्य मान्छे ल्याउनुपर्ने बेलामा गठबन्धनभित्र तानातान चलिरहेको उनको भनाइ छ ।

‘को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ । राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने, ‘मैले भर्खरै प्रधानमन्त्री छोडेको हुँ, तपाईंहरूले कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ । तपाईंहरू कहाँबाट लाभ लिन खोज्दै हुनुहुन्छ । मलाई सबै थाहा छ । त्यसो नगर्नुस् ।’

साथै उनले समाजवादी मोर्चाले करिब एक लाख जनता गणतन्त्रको पक्षमा उतारेकै कारणले राजावादी अराजकता कम भएको दाबी गरे ।

‘हिजो मोर्चाको कार्यक्रम राखेकोप्रति धेरैले बधाई र धन्यवाद छ । समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए, हिजो धेरै ठूल्ठूला दुर्घटना हुने खतरा थियो । त्यहाँ हिजो झन्डै एक लाख जनता नउत्रिएको भए, यतिमात्रै होइन, अझै ठूलो घटना हुन्थ्यो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो,’ उनले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताए । आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

Share News