राजावादीहरुले कहाँ-कहाँ लगाए आगो ?

<p>काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादीको जनप्रदर्शनमा हिंसात्मक गतिविधि तथा विभिन्न व्यवसायीहरूको सम्पत्तिमाथि लुटपात तोडफोट गरिएको छ । राजावादीको हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार तीनकुनेमा रहेको मार्बल हाउस, अन्नपूर्ण मिडियाको कार्यालय, कान्तिपुर टेलिभिजनमा तोडफोड तथा आगजनी [&hellip;]</p>

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादीको जनप्रदर्शनमा हिंसात्मक गतिविधि तथा विभिन्न व्यवसायीहरूको सम्पत्तिमाथि लुटपात तोडफोट गरिएको छ ।

राजावादीको हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार तीनकुनेमा रहेको मार्बल हाउस, अन्नपूर्ण मिडियाको कार्यालय, कान्तिपुर टेलिभिजनमा तोडफोड तथा आगजनी गरेका छन् ।

यस्तै, बालकुमारी पुल नजिकै रहेको भाटभटेनी सुपर स्टोर, जडीबुटीमा रहेको सरकारी उद्योग जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, आलोकनगरमा रहेको नेकपा समाजवादी पार्टी कार्यालयलगायतमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ ।

यस्तै, राजावादी समूहले तीनकुने, कोटेश्वर, बालकुमारी, नरेफाँटलगायत क्षेत्रहरुमा सयौं सवारीसाधनमा आगजनी समेत गरेका छन्। उक्त हिंसात्मक गतिविधिमा लाखौं करोडौं रुपैयाँको क्षति भएको बताइएको छ ।

Share News