दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा

<p>काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा राजावादी समूहले कालो झण्डा देखाएर विरोध जनाएका छन् । भट्टराई बसेको होटल नजिक राजावादी युवा समूहले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको समूहले ‘संघीयता खारेज गर, धर्मनिरपेक्षता खारेज गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेको बताइएको छ । [&hellip;]</p>

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा राजावादी समूहले कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

भट्टराई बसेको होटल नजिक राजावादी युवा समूहले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको समूहले ‘संघीयता खारेज गर, धर्मनिरपेक्षता खारेज गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेको बताइएको छ ।

प्रदर्शनका क्रममा नाराबाजी गर्दै अघि बढेका व्यक्तिहरुले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध समेत विरोध जनाएका थिए । स्थानीय प्रहरीले प्रदर्शनकारीबाट कालो झण्डा खोसेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Share News