बूढानीलकण्ठबाट ३ अर्बको अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने ११ भारतीय पक्राउ

<p>काठमाडौं । करिब ३ अर्ब रुपैयाँ बराबरको अनलाइन जुवा (सट्टाबाजी) खेलाउने तथा क्रिप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका-३, देउला टोल बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले चैत १२ गते साँझ सवा ५ बजे विशेष अपरेसनमार्फत उक्त गिरोहलाई पक्राउ गरेको हो । [&hellip;]</p>

काठमाडौं । करिब ३ अर्ब रुपैयाँ बराबरको अनलाइन जुवा (सट्टाबाजी) खेलाउने तथा क्रिप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका-३, देउला टोल बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले चैत १२ गते साँझ सवा ५ बजे विशेष अपरेसनमार्फत उक्त गिरोहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) कारोबार गरिरहेको पाइएको छ । त्यस्तै, ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढी मूल्यको क्रिप्टो मुद्रा कारोबार गरेको प्रमाण भेटिएको छ ।

पक्राउ परेका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ पर्नेहरू भारतको राजस्थान राज्य विभिन्न जिल्लाका हुन् । उनीहरूमा जयपुर, शिक्कर लगायत स्थानका १९ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन् । पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार रहेका छन् ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ३४ थान मोबाइल, ५ थान ल्याप्टप, हिसाबकिताब अभिलेख राखिएको ४ थान नोट बुक, १४ थान भारतीय बैंक खाता चेक बुक, २७ थान भारतीय एटीएम कार्ड र ४० थान भारतीय सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

Share News