
काठमाडौं । पञ्चकन्या समूहले विश्व प्लम्बर दिवस मनाएको छ ।
पञ्चकन्याले कुलेश्वरस्थित आफ्नो डिपो कार्यालयमा एक कार्यक्रमको आयोजना विश्व प्लम्बर दिवस मनाएको हो ।
विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मानार्थ दिवस मनाइएको हो ।
विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न अतिथिहरूले राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने मेहनती प्लम्बरहरूको प्रशंसा गरेका थिए ।
यस कार्यक्रममा कार्यक्रममा जिफन्ट नेपाल, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अध्यक्ष विजयकुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधवप्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कायक्रममा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका डिलर तथा ग्राहकहरूको समेत उपस्थिति थियो ।
पञ्चकन्या समूहले सबै उपस्थित प्लम्बरहरूलाई कृतज्ञताको प्रतीकको रूपमा उपहार समेत वितरण गरेको थियो ।
पञ्चकन्या समूह नेपालको अग्रणी औद्योगिक समूहहरूमध्ये एक हो, जसले यस क्षेत्रमा प्रदान गर्ने उच्चगुणस्तरीय वस्तु तथा प्रदान गर्ने सेवाहरूमा र दिगोपनको लागि परिचित छ ।
यस समूहले गुणस्तर र नवीनताप्रति प्रतिबद्ध रही नेपालमा निर्माण र पूर्वाधार विकासको स्तर बढाउनमा ध्यान केन्द्रित गदै आएको छ।