मध्य चमेलिया जलविद्युत आयोजनाको शिलान्यास, ३ वर्षमा निर्माण सम्पन्न, लागत ६.२३ अर्ब रुपैयाँ

<p>काठमाडौं । दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शनिबार शिलान्यास गरिएको हो । दार्चुला पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको शिलान्यास गरिएको हो । मार्मा गाउँपालिका–२ लाम्बगरमा रहेको जलविद्युतको ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाको शिलान्यास गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शनिबार शिलान्यास गरिएको हो ।

दार्चुला पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको शिलान्यास गरिएको हो । मार्मा गाउँपालिका–२ लाम्बगरमा रहेको जलविद्युतको ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाको शिलान्यास गरेका हुन् ।

जलविद्युत आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह सेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ ।

३ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ अर्ब २३ करोड ६२ लाख भन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले बताए । उनका अनुसार सेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।

Share News