७ महिनामा साढे एक खर्बको पेट्रोलियम पदार्थ आयात, साढे ६२ अर्ब राजस्व संकलन

<p>काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आवको माघ मसान्तसम्म १ खर्ब ५१ अर्ब ३२ करोड १७ लाख रुपैयाँ बराबरको डिजेल तथा पेट्रोल आयात भएको हो । त्यसबापत सरकारले ६२ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेकाे छ । चालु आर्थिक वर्षको ७ महिनासम्म ६६ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आवको माघ मसान्तसम्म १ खर्ब ५१ अर्ब ३२ करोड १७ लाख रुपैयाँ बराबरको डिजेल तथा पेट्रोल आयात भएको हो ।

त्यसबापत सरकारले ६२ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेकाे छ । चालु आर्थिक वर्षको ७ महिनासम्म ६६ अर्ब रुपैयाँको मात्रै डिजेल आयात भएको छ भने ३७ अर्ब ६४ करोड रुपैयाँको पेट्रोल आयात भएको छ ।

चालु आवको ७ महिनामा ३५ अर्ब ४७ करोड रुपैयाँ बढीको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी) आयात भएको विभागले जनाएको छ । उक्त एलपिजी आयात हुँदा ६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आवको माघ मसान्त सम्म मा ११ अर्ब ४ करोड रुपैयाँ बराबरको १ लाख २१ हजार किलोलिटर एभिएशन टर्बाइन फ्युल (एटिएफ) आयातबाट १ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार ६७ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको ७ हजार ४२ किलोलिटर मट्टितेल आयातबाट १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

Share News