काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले जग्गा किन्ने भएको छ ।
फागुन १ गते बसेको संस्था सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालयको भवन निर्माणको लागि जग्गा किन्ने निर्णय गरेको हो ।
संस्थाले भवन निर्माणको लागि काठमाडौंको बालुवाटरमा १ रोपनी ११ आना ० पैसा २ दाम (८६२.९९व.मि.) जग्गा किन्ने निर्णय गरेको कम्पनीका सचिव गोविन्द चापागाईंले जानकारी दिए ।