सुदूरपश्चिम सरकारले आधा करोड खर्च गरेर ४३ सांसदलाई नयाँ ल्यापटप किनिदिने

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सांसदहरूलाई नयाँ ल्यापटप किनिदिने दिने भएको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट बजेट विनियोजन गरेर नयाँ ल्यापटप किन्न लागिएको जानकारी प्रदेश सभा सचिव देवबहादुर बोगटीले दिए । उनका अनुसार मन्त्रालयले यसका लागि ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । जसमध्ये मन्त्री [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सांसदहरूलाई नयाँ ल्यापटप किनिदिने दिने भएको छ ।

प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट बजेट विनियोजन गरेर नयाँ ल्यापटप किन्न लागिएको जानकारी प्रदेश सभा सचिव देवबहादुर बोगटीले दिए ।

उनका अनुसार मन्त्रालयले यसका लागि ४७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । जसमध्ये मन्त्री पदमा रहेका १० जनालाई छोडेर बाँकी ४३ जनाका लागि नयाँ ल्यापटप खरिद गर्न लागिएको जनाइएको छ ।

प्रदेश सभा सचिव बोगटीले भने, ‘ल्यापटप किन्न ४७ लाख रुपैयाँ विनियोजन गरेका छौं । ४३ जना सांसदलाई ल्यापटप खरिद गर्नका लागि टेन्डर आह्वान गरेका हौं ।’

यसअघि प्रदेश सरकारको अघिल्लो कार्यकालका सांसदहरूका लागि पनि ल्यापटप खरिद गरी दिएको थियो । यसपटक चुनाव लडेका सांसदले पहिल्यै नै ल्यापटप फिर्ता गरेका थिए ।

यस्तै, चुनाव नलड्ने सांसदले हालसम्म समेत ती ल्यापटप फिर्ता नदिएको बताइएको छ ।

बेलाबेला ताकेता गर्दा समेत फिर्ता नगरेपछि नयाँ ल्यापटप किन्न लागिएको उनको भनाइ छ ।

गत कार्यकालमा खरिद गरिएका ल्यापटप कमसल भएकाले काम गर्न निकै समस्या भएको जनाइएको छ ।

Share News