काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत रहेको बताएका छन् । सोमबार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
उनले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्त्वप्रति सचेत रहेको बताए । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताए । सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताए । ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
‘हामी तपाईंहरुको आशिर्वाद पाएर, तपाईंको अमूल्य मत पाएर सर्वोच्च जनप्रतिनिधि संस्था, संसदमा पुगेका राजनीतिकर्मीहरुले यहाँहरुको सेवामा आजीवन समर्पित हुनुपर्छ । सरकारमा रहँदा होस्, नरहँदा होस् । निर्णय गर्न पाउने बेलामा होस्, निर्णय गर्नका निम्ति दबाब दिने बेलामा होस्,’ उनले भने ।
उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।