
नेपाल चेम्बर अफ कमर्स एक्स्पो– २०२५ मा रमेश टायल्सको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एक्स्पो– २०२५ मा नेपालको अग्रणी टायल ब्रान्डहरूमध्ये एक कजारिया रमेश टायल्स प्रदर्शनमा राखिएको छ ।
मजबुत, आकर्षक डिजाइन र अत्युत्तम गुणस्तरको लागि प्रख्यात कजारिया रमेश टायल्स लिमिटेडका उत्पादनहरूमा दर्शकले विशेष चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कजारिया रमेश टायल्स लिमिटेडको स्टलसहित विभिन्न स्टलहरू भ्रमण गरे । कजारिया रमेश टायल्स लिमिटेडको टोलीले आफ्नो उत्पादनहरू प्रधानमन्त्रीलाई प्रस्तुत गर्न पाएकोमा गर्व महसुस गरेको छ ।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले नेपाल चेम्बर अफ कमर्स एक्स्पोको हिस्सा हुन पाउँदा गर्व महसुस गरेको बताए ।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउने र वृद्धि र विकासलाई बढावा दिने जनाइएको छ ।
नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई)को आयोजनामा सुरु भएको एक्स्पो माघ १७ देखि २१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टलहरू राखिएको छ ।
करिब ५० हजार दर्शकले एक्स्पोको अवलोकन गर्ने आयोजकले जनाएको छ ।
