कुचो संघको तेस्रो साधारण सभा ललितपुरमा सम्पन्न, संघको दोस्रो राष्ट्रिय अधिवेशन झापामा हुने

<p>काठमाडौं । नेपाल कुचो संघको तेस्रो साधारण सभा शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भएको छ । संघका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । यस कार्यक्रममा प्रमुख अतिथि कृषि उद्योग केन्द्रका सभापति डीबी बस्नेतले कुचो संघले भविष्यमा उठाएका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज [&hellip;]</p>


काठमाडौं । नेपाल कुचो संघको तेस्रो साधारण सभा शनिबार ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।

संघका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

यस कार्यक्रममा प्रमुख अतिथि कृषि उद्योग केन्द्रका सभापति डीबी बस्नेतले कुचो संघले भविष्यमा उठाएका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईं र नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य टंक कट्टेलले कुचो संघले छोटो समयमै व्यवसायी र उद्यमीहरूको समस्यामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सराहना गरे।

संघका अध्यक्ष कार्कीले आगामी संघको गतिविधिहरूको बारेमा जानकारी दिँदै छिट्टै संघको दोस्रो राष्ट्रिय अधिवेशन झापाको धुलाबारीमा आयोजना गर्ने योजना सार्वजनिक गरे ।

कार्यक्रमको अन्त्यमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

Share News