राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १५ प्रतिशतले बढ्यो, २ वटाको घट्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा बढेको छ । विकास बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद नाफा १४.७८ प्रतिशतले वृद्धि भएको हो । हाल नेपालमा ८ वटा राष्ट्रि स्तरका विकास बैंकहरु रहेका छन् । ८ मध्ये ६ वटाको नाफा वृद्धि हुँदा २ वटा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा बढेको छ । विकास बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद नाफा १४.७८ प्रतिशतले वृद्धि भएको हो ।

हाल नेपालमा ८ वटा राष्ट्रि स्तरका विकास बैंकहरु रहेका छन् । ८ मध्ये ६ वटाको नाफा वृद्धि हुँदा २ वटा विकास बैंकको नाफा भने घटेको छ ।

नाफा वृद्धिमा सबैभन्द अगाडी ज्योति विकस बैंक रहेको छ । ज्योतिले १४७.५५ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म ज्योतिले १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा २५ करोड १ लाख रुपैयाँ पुगेको छ ।साङग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा १० करोड रुपैयाँ नाफा क्माएको साङग्रिलाले चालु आवको सोहि अवधिमा १९ करोड ६५ लाख रुपैयाँ कमाएको छ ।

कामना सेवा विकास बैंकले गत आवको दोस्रो त्रैमासमा २५ करोड ८९ लाख नाफा कमाएको थियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा वृद्धि गरेर ३२ करोड २४ लाख पुर्याएको छ । जुन २४.५५ प्रतिशत वृद्धि हो । १९.७९ प्रतिशतले वृद्धि गरेर मुक्तिनाथ विकास बैंकले खुद नाफा ५० करोड ३१ लाख पुर्याएको छ । गत आवको सोहि अवधिमा विकास बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गरिमा विकास बैंकको नाफा ७.१६, महालक्ष्मी विकास बैंकको खुद नाफा ३.४० प्रतिशतले बढ्दा साइन रेसुङगा डेभलपमेन्ट बैंकको नाफा १०.८७ र लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेको छ ।

गरिमाले गत आवको दोस्रो त्रैमासमा ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिमा गरिमाको खुद नाफा ५४ करोड ९२ लाख रहेको छ । यसैगरी, महालक्ष्मी विकास बैंकले २७ करोड ८० लाख रुपैयाँबाट खुद नाफ वृद्धि गरेर २८ करोड ७४ करोड रुपैयाँ पुर्याएको छ ।

साइन रेसुङगाको नाफा ३७ करोड १२ लाखबाट घटेर ३३ करोड ८ लाखमा झरदा लुम्बिनीको नाफा २१ करोड २२ लाखबाट १४ करोड ७६ लाखमा सिमित भएको छ ।

समग्रहमा ८ विकास बैंकले गत आवको दोस्रो त्रैमाससम्म २ अर्ब २५ करोड ४२ लाख नाफा आर्जन गरेका थिए । चालु आवको सोहि अवधिमा यस्तो नाफा बढेर २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

Share News