टेस्लाले चीनमा बनेका ७७ हजार ६५० गाडीको सफ्टवेयर समस्यालाई समाधान गर्ने

<p>&nbsp; काठमाडौं । टेस्लाले चीनमा निर्मित मोडल थ्री र मोडल वाई गाडीका ७७ हजार ६५० एकाइको सफ्टवेयर सुधार गर्ने भएको छ । चीनको बजार नियामक निकायले मंगलबार यस्तो जानकारी दिएको हो । टेस्लाको सुरक्षात्मक कदम&#x200d;लाई लिएर सफ्टवेयर समस्या समाधान गर्न लागिएको हो । सफ्टवेयरको त्रुटिका कारण गाडी सुरु भएपछि टायरको दबाव तत्काल देखाउन नसक्ने समस्या [&hellip;]</p>

 

काठमाडौं । टेस्लाले चीनमा निर्मित मोडल थ्री र मोडल वाई गाडीका ७७ हजार ६५० एकाइको सफ्टवेयर सुधार गर्ने भएको छ ।

चीनको बजार नियामक निकायले मंगलबार यस्तो जानकारी दिएको हो ।

टेस्लाको सुरक्षात्मक कदम‍लाई लिएर सफ्टवेयर समस्या समाधान गर्न लागिएको हो ।

सफ्टवेयरको त्रुटिका कारण गाडी सुरु भएपछि टायरको दबाव तत्काल देखाउन नसक्ने समस्या उत्पन्न भएको पाइएको छ ।

यो समस्या समाधान गर्न गाडी फिर्ता गर्नुपर्ने वा ग्राहकले पैसा फिर्ता पाउने विषयमा भने अझै स्पष्टता भएको छैन ।

टेस्लाले मोडल एस र मोडल एक्सका ६३ आयात गरिएका गाडीहरू पनि फिर्ता बोलाएको छ, जसमा चालकको अगाडिको एयरब्यागसम्बन्धी समस्या पाइएको छ ।

Share News