ट्राफिक प्रहरी कार्यालय रोल्पाका तत्कालीन प्रमुखविरुद्ध अदालतमा मुद्दा दायर

<p>काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको [&hellip;]</p>

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

Share News