पौने १ करोड कित्ता सेयर बेच्दै माछापुच्छ्रे बैंकका सेयरधनी

<p>काठमाडौं । माछापुच्छ्रे बैंकको पौने १ करोड कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकको पौने १ करोड कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।

Share News