अनधिकृत तरिकाले भ्यू टावरको नक्सा पास गरेपछि काठमाडौं महानगरले गुरागाईंलाई कारबाही गर्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएको छ । काठमाडौं भ्यू टावरको नक्सा अनधिकृत तरिकाले पास गरेको पाएपछि महानगरले गुरागाईंलाई कारबाही गर्ने भएको हो । उनी गत भदौ २७ गतेमात्रै सरुवा भएर महानगरमा आएका थिए । शुक्रबार महानगरले पत्रकार सम्मेलन गर्दै आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिएको बताएको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएको छ ।

काठमाडौं भ्यू टावरको नक्सा अनधिकृत तरिकाले पास गरेको पाएपछि महानगरले गुरागाईंलाई कारबाही गर्ने भएको हो ।

उनी गत भदौ २७ गतेमात्रै सरुवा भएर महानगरमा आएका थिए ।

शुक्रबार महानगरले पत्रकार सम्मेलन गर्दै आधिकारिक प्रणाली छलेर भवनको नक्सा पास भएको देखिएको बताएको छ ।

महानगरका अनुसार पास भएको नक्सामा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले हस्ताक्षर गरेका छन् ।

काठमाडौं भ्यू टावर काठमाडौं महानगरको २८ नम्बर वडामा लामो समयदेखि निर्माणाधीन छ ।

गुरागाईं नेपाल सरकारका सहसचिव हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले सन्तोष परियारलाई हटाएर उनलाई काठमाडौं महानगरको प्रमुख प्रशासक बनाएको थियो ।

Share News