पूर्वाधार पत्रकार समाजको अध्यक्षमा कार्की सर्वसम्मत चयन

<p>काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध चयन भएकी छन् । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए । यस्तै, सहसचिवमा [&hellip;]</p>

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

समाजको अध्यक्षमा सुनिता कार्की कोइराला निर्विरोध चयन भएकी छन् । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक भीम गौतमले जानकारी दिए ।

यस्तै, सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा चुनिएका छन् ।

सदस्यमा विष्णु रैगाईं, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन् ।

यसअघि समाजको अध्यक्षमा जीवन बस्नेत थिए ।

Share News