अण्डाको मूल्य १५ रुपैयाँ बढ्यो, प्रतीक्रेट ५ सय रुपैयाँ

<p>काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मुल्य बढाएको हो । संघको पुस ४ गते बसेको बैठकले बिक्री मूल्य १५ रुपैयाँ बढाएको हो । यससँगै मध्यम किसिमको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए । [&hellip;]</p>

काठमाडौं । अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मुल्य बढाएको हो ।

संघको पुस ४ गते बसेको बैठकले बिक्री मूल्य १५ रुपैयाँ बढाएको हो । यससँगै मध्यम किसिमको प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

यसअघि गत मंसिर २७ गते बसेको बैठकले मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ र ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकेको थियो । एक सातामा नै अण्डाको मूल्य बढाएको हो ।

संघका अनुसार चितवनलाई आधारमानी पुस ५ गतेदेखि अण्डाको नयाँ बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ ।

चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।

Share News