अमेरिकी डलरले फेरी बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ झन कमजोर

<p>काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २८ गते सबैभन्दा धेरै खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ [&hellip;]</p>

काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि गत मंसिर २८ गते सबैभन्दा धेरै खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ झन कमजोर बनेको छ ।

आज युरोपियन यूरोको एकको खरिदर १४२.१३ रुपैयाँ र बिक्रीदर १४२.७६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.४० रुपैयाँ र बिक्रीदर १७२.१६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.८६ रुपैयाँ र बिक्रीदर १५२.५३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.१४ रुपैयाँ र बिक्रीदर ९५.५६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३६ रुपैयाँ र बिक्रीदर १००.८० रुपैयाँ, जापानी येन १० को खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०७ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८९ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४३ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२० रुपैयाँ र बिक्रीदर ४४२.१५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.२० रुपैयाँ र बिक्रीदर ३६०.७९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.९२ रुपैयाँ र बिक्रीदर ३५३.४८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News