
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा शुक्रबार काठमाडौंको हिल्टन होटलमा सुरु भएको छ ।
महासंघको तेस्रो महासभाको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे।
अध्यक्ष भेषराज लोहनीले सभाले नयाँ नेतृत्वसमेत चयन गर्ने बताए । उनले महासभाले विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रस्तावहरू रहेका जानकारी दिए ।
यस्तै, उनले सेयर कारोबारका लागि स्टक मार्केटजस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरू ल्याउनुपर्ने विषयलाई जोड दिएको बताए ।
अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरू पनि महासभामा समावेश गरिने उल्लेख गरे ।
सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कर्मसका अध्यक्ष कम्लेसकुमार अग्रवाल, उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालको सहभागीता रहेको छ ।