नाफिजमा चुनावी रौनक, दुई प्यानल प्रतिस्पर्धामा

<p>काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चुनावी माहोलले पत्रकारहरुबीच रौनक बढाएको छ । नाफिजको १५औं साधारणसभा तथा सातौं महासभामार्फत् हुने चुनावमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नाफिज निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष तथा हाम्रोअर्थ डटकमकी सम्पादक मेनुका कार्की र आर्थिकन्यूज डटकमका प्रबन्ध सम्पादक इन्द्र बानिया प्यानल [&hellip;]</p>

काठमाडौं । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चुनावी माहोलले पत्रकारहरुबीच रौनक बढाएको छ । नाफिजको १५औं साधारणसभा तथा सातौं महासभामार्फत् हुने चुनावमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

नाफिज निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि वर्तमान कार्यसमिति उपाध्यक्ष तथा हाम्रोअर्थ डटकमकी सम्पादक मेनुका कार्की र आर्थिकन्यूज डटकमका प्रबन्ध सम्पादक इन्द्र बानिया प्यानल बनाएर प्रतिस्पर्धामा देखिएका छन् ।

कार्की नेतृत्वको प्यानलमा उपाध्यक्षमा निरोज कुमार थापा र विजय दमासे, महासचिवमा निकेश खत्री, सचिवमा राजाराम न्यौपाने, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सदस्यहरूमा अनिष मिजार, चित्रराज भण्डारी (सीआर), अनुप आचार्य र शुक्र गिरी रहेका छन् ।

त्यस्तै, बानिया नेतृत्वको प्यानलबाट उपाध्यक्षमा परमेश्वर अधिकारी र पिताम्बरी खतिवडा (प्रमिला), महासचिवमा नबिन ढुङ्गाना, सचिवमा चेत नारायण पाण्डेय, कोषाध्यक्षमा भोला देवकोटा (परिवर्तन) र सदस्यमा आशुतोष अर्याल रहेका छन् ।

दुवै टिमले जित्ने दाबीका साथ सदस्यहरुलाई भोटको अपील गरिरहेका छन् ।

Share News