अण्डाको समर्थन बिक्री मुल्य तोकियो, ठुलो अण्डाको प्रतीक्रेट ४८५ रुपैयाँ

<p>काठमाडौं । अण्डाको समर्थन बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सघले अण्डाको समर्थन बिक्री मुल्य तोकेको हो । संघको मंसिर २७ गते बसेको बैठकमा समर्थन बिक्री मूल्य तोक्ने सहमति भएको हो । मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको संघका सचिव [&hellip;]</p>

काठमाडौं । अण्डाको समर्थन बिक्री मुल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सघले अण्डाको समर्थन बिक्री मुल्य तोकेको हो । संघको मंसिर २७ गते बसेको बैठकमा समर्थन बिक्री मूल्य तोक्ने सहमति भएको हो ।

मध्यम किसिमको प्रतीक्रेट ४ सय ७० रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रतीक्रेट ४ सय ८५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

संघका अनुसार चितवनलाई आधारमानी मंसिर २८ गतेदेखि अण्डाको समर्थन बिक्री मुल्य लागू हुनेछ । उक्त मूल्यमा कारोबार गर्न संघले अनुरोध गरेको छ ।

चितवनबाट लोड भइ देशभरीको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ लाग्नेछ ।

Share News