काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सहकारी ठगी तथा संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा हिरासतमा रहेका लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत म्याद थप गरेको बुझिएको छ ।