सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले लगायो मुद्दा

<p>काठमाडौं । सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले उनी विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार उनले [&hellip;]</p>

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले उनी विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए ।

अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।

Share News