काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि गत मंसिर २० गते १३५.८९ रुपैयाँ थियो । यससँगै नेपाली रुपैयाँ थप कमजोर बनेको छ ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९७ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०३ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६२ रुपैयाँ र बिक्रीदर ९६.०४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.०४ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०२ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८८ रुपैयाँ र बिक्रीदर ३७.०५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३७ रुपैयाँ र बिक्रीदर १२.४३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.५१ रुपैयाँ र बिक्रीदर ४४२.४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५९.०३ रुपैयाँ र बिक्रीदर ३६०.६२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.८७ रुपैयाँ र बिक्रीदर ३५३.४३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।