विकास बैंकको खुद नाफा १ अर्ब ६० करोड, ८ वटा घाटामा

<p>काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा विकास बैंकहरूले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कार्तिक महिनासम्म विकास बैंकहरुले यस्तो नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंककाअनुसार यो अवधिमा ८ वटा विकास बैंकले घाटा व्योहोरदा ११ वटाले नाफा आर्जन गरेका छन् । धेरै नाफा [&hellip;]</p>

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा विकास बैंकहरूले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कार्तिक महिनासम्म विकास बैंकहरुले यस्तो नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रिय बैंककाअनुसार यो अवधिमा ८ वटा विकास बैंकले घाटा व्योहोरदा ११ वटाले नाफा आर्जन गरेका छन् ।

धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अगाडी रहेको छ । मुक्तिनाथले कार्तिक महिनासम्म ४२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गरिमा विकास बैंकले ३६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी, साइन रेशुङगा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख, लुम्बिनी विकास बैंकले २९ करोड ३७ लाख र कामना सेवा विसका बैंकले २४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यता, सबैभन्दा धेरै घाटा व्योहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेलले २१ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्योहोरेको छ । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकले ८ करोड २२ ५४ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ५ करोड ८३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ५८ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ८९ लाख रुपैयाँ खुद घाटा व्योहोरेका छन् ।

कुन विकास बैंकको खुद नाफा घाटा कति ?

Share News