काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा फाइनान्स कम्पनीहरूले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ११ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ६ कम्पनी भने घाटा व्योहोरेका छन् ।
साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले १५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मन्जुश्री फाइनान्सले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी, आईसीएफसी फाइनान्सले ८ करोड ४६ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ९ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख र मल्टीपर्पज फाइनान्सले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
घाटा व्योहोर्ने कम्पनीको अग्र स्थानमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स रहेको छ । गुहेश्वरीले कार्तिकमा १४ करोड ५७ लाख घाटा व्योहोरेको छ । यसैगरी, रिलायन्स फाइनान्सलाई १० करोड ५६ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई ८ करोड १७ लाख, पोखरा फाइनान्सलाई समान ६ करोड ४३ लाख, समृद्धि फाइनान्सलाई २ करोड ६४ लाख र वेस्ट फाइनान्सलाई २ करोड ३३ लाख रुपैयाँ घाटा लागेको छ ।
कुन कम्पनीलाई खुद नाफा/घाटा कति ?