कांग्रेसले गण्डकीको सांसदमा सुनिता थापाको नाम अनुमोदन गर्‍यो

<p>काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिकाे बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिकाे बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो । समानुपातिक सूचीमा गौचन पछि रहेकी स्याङ्जाकी थापालाई सांसद बनाउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए । ‘समानुपातिक पदको पूर्ति गर्न सुनिता थापालाई प्रस्ताव पठाउने विषयलाई बैठकले अनुमोदन गर्‍यो,’ महतले भने ।

Share News