वडाअध्यक्षसहित ७ जना विरुद्ध पक्राउ पुर्जी

<p>काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरुद्ध पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध केहीसमय अघि नै पुर्जी जारी भएको थियो । तर उनीहरू पक्राउ परेका छैनन् । वडासचिव मिलनकुमार सुवेदी, निर्मल गौतम, [&hellip;]</p>

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

नागरिकता सिफारिस गर्दा कीर्ते गरेको आरोपमा जिल्ला अदालत धादिङबाट वडाध्यक्ष हरिप्रसाद सुवेदीसहित सात जनाविरुद्ध पुर्जी जारी भएको हो ।

उनीहरूविरुद्ध केहीसमय अघि नै पुर्जी जारी भएको थियो । तर उनीहरू पक्राउ परेका छैनन् । वडासचिव मिलनकुमार सुवेदी, निर्मल गौतम, रविन्‍द्र तामाङ लगायतविरुद्ध पुर्जी जारी भएको पाइएको हो ।

उनीहरूले मिलेमतो गरी सरकारी कागजात कीर्ते गरेर नागरिकताका लागि सिफारिस गरेको आरोप छ।

Share News