दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

<p>काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्&#x200d;न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी [&hellip;]</p>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्‍न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

मंगलबार अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए ।

प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । उनले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको भन्दै विभिन्न अपुष्ट कागजात सार्वजनिक गरेका थिए ।

त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते पक्राउ गरेको थियो ।

Share News